काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
आज सुन तोलाको ७०० रुपैयाँ र चाँदीको मूल्य १६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १६० रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ४८५ रुपैयाँ रहेको थियो ।