सेयर बजार : ४२ अकंले नेप्से बढ्दा झण्डै १२ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अकंले बढेर २७१४.८१ बिन्दुमा बन्द भएको छ । आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोडको सेयर कारोबार भएको हो । आज १३ उपसूचकमा हरियाली आएकोछ । आज वाणिज्य बैंक समूहको १.२४ प्रतिशत, विकास बैंक समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३६ प्रतिशतले सेयर मूल्य बढेको हो ।

मंगलबार २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनकिो घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार