
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो ।
सापकोटा हाल व्यक्तिगत प्रयोजनका लागि देशबाहिर छन् । उनको व्यक्तिगत खातामा ९२ हजार ७०० रुपैयाँ जम्मा गरिएको नाफिज सचिवालयले जनाएको छ । नाफिजले २०८१ पुस २९ गतेदेखि लागू हुने गरी एक वर्षका लागि आफ्ना २३५ जना सदस्य तथा सल्लाहकारको जनही सात लाख रुपैयाँका दरले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सामूहिक दुर्घटना बीमा गरेको थियो । सो बीमा अवधिभित्रै अर्थात् गत कात्तिक २९ गते सापकोटाको हात भाँचिएको थियो । त्यसको उपचार खर्चबापत दुई कम्पनीले सो बराबरको बीमा दाबी भुक्तानी दिएका थिए ।
दाबी प्रक्रिया पूरा भएपछि दुवै कम्पनीको तर्फबाट सलिकोले नाफिजको बैंक खातामा बीमा दाबीबापत ९२ हजार ७०० रुपैयाँ भुक्तानी गरेको थियो । नाफिजले आइतबार सोही रकम सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटालाई गत वर्षकै बीमा अन्तर्गत दाबी भुक्तानी दिइएको हो । नाफिजले गत पुस ३० गतेदेखि लागू हुने गरी नयाँसहित २७४ जना सदस्य तथा सल्लाहकारको पुनः ‘सामूहिक दुर्घटना बीमा’ गरिसकेको छ । जनही सात लाख रुपैयाँका दरले कुल १९ करोड १८ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । यो बीमाको म्याद आगामी पुस २९ गतेसम्म रहेको छ ।
नाफिज अध्यक्ष मेनुका कार्कीले यो बीमाले नाफिज सदस्यहरूलाई आर्थिक सुरक्षा प्रदान गरेको बताइन् । ‘पत्रकारहरूलाई विभिन्न जोखिम छन् । त्यस्ता जोखिमबाट आउने आर्थिक दायित्वलाई न्यूनीकरण गर्न बीमा आवश्यक छ,’ उनले भनिन्, ‘नाफिजले सदस्यहरूको बीमा गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछ ।’













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण