काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता शिशिर खनालले काठमाडौं–६ मा उम्मेदवारी दर्ता गरेका छन् । गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेपछि केही समय शिक्षा तथा प्रविधिमन्त्री भएर पनि काम गरे ।
खनालको उम्मेदवारीलाई असनकी युवा महिला उद्यमी शैलेजा कसाजुले प्रस्तावक रहेकी छन् भने तारकेश्वरका युवा अभिषेक थापा समर्थक बसेका छन् । समर्थक थापा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते घाइते भएका थिए ।