
काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौँमा हुने भएको छ । महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले सो जानकारी दिएका हुन् ।
उनका अनुसार महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन समारोह हुने र चैत ६ गते स्वयम्भू स्टार ब्याङ्क्वेटमा बन्दसत्र सञ्चालन हुनेछ । “प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर” भन्ने महाधिवेशनको मूल नारा रहने आयोजकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो