सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, करिब ३ लाख पुग्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै आज सुन तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो ।

आज एकै दिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार