प्रि ओपन सेसनमा ३ अंक बढ्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.२४ अंक घटेर २६९८.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१५ अंक बढेर २७०१.६० विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८५ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको ११७ पटकको कारोबारमा १ करोड ७० लाख ३८ हजार ६०९ रुपैयाँ ६० पैसाबराबरको ३४ हजार २०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार