काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सनु अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १० रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सनु तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलाको १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ रहेको थियो ।