
काठमाडौं । चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा साढे ५ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम बीमा पोलिसी सरेण्डर गरेका छन् । गत बर्षको तुलनामा बीमा पोलिरी सरेण्डर १७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । गत बर्षको सोहि अवधिमा बीमितहरुले ४५ हजार ६० जना बीमा पोलिसी वापत ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए ।
बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था रहेको छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । केही कारणवश बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु नै बीमा सरेण्डर हो । ‘सरेण्डर’ अङ्ग्रेजी शब्द हो भने नेपालीमा समर्पण भनिन्छ ।












समाचार
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा