सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीकाे मूल्य १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५९५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार