
काठमाडौं । एनआईसी एशिया बैंकले वित्तिय प्रतिवेदनमा सुधार गरेको छ । गत आथिएक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राय सबै सूचकहरु सुधारोन्मुख देखिएको हो ।
बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले बृद्धि भएको छ । यो त्रैमासमा कुल १२ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २८ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।
एनआईसी एशिया बैंकको सञ्चालन मुनाफा पनि बृद्धि भएको छ । १९ करोड ३५ लाख रुपैयाँ संचालन मुनाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ लाख रुपैयाँ रहेको छ । एशिया बैंकको प्रतिशेयर नेटवर्थ ३ रुपैयाँ २१ पैसा रहेको छ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि