हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

काठमाडौं । सिराहामा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ९ बजेतिर प्र.२–०–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिराहाको गोलबजार नगरपालिका– ३ का ४३ वर्षीय सन्तोष साह छन्। गोलबजार-२ गुरुधाम जाने बाटोमा आज बिहान टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि टिपरमा आगलागी भएको जिल्ला प्रहरीकाे भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार