
काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् । गएराति साढे ८ बजे ललितपुरको गोदावरी नगरपाललिका– ५ सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा सोलुखुम्बु घर भएका ६१ वर्षीय रण बहादुर गर्तौला घाइते भएका हुन् ।
उनी कामबाट घर फर्कने क्रममा गोरेटो बाटोमा एक्कासी चितुवाले उनलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरको मातहत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटेर घाइतेलाई उद्धार गरी आफन्त समेतको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ । मृत चितुवाको लागि जिल्ला वन कार्यालयसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द