सर्लाही ४ : सुरुवातमै अमरेशसँग पछि परे गगन

काठमाडौं ।  सर्लाही क्षेत्र नम्बर ४ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । सर्लाही ४ मा सुरुवातमै कांग्रेसका सभापति गगन कुमार थापा पछि परेका छन् ।

थापाले ७४४ मत पाउँदा रास्वपाका अमरेश सिंहले ९७६ मत पाएका छन्। यो क्षेत्रमा जनमतका उम्मेदवारले ५११ र एमालेले १९५ मत पाएका छन् । अहिले मतगणना भइरहेको ठाउँ सिंह बसोबास गर्ने पालिकाको हो। सर्लाही क्षेत्र नम्बार ४ को मतगणना शुक्रबार बिहान १०ः२० बजेदेखि सुरु भएको हो ।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार