
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन ।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे । एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो । सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान