
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) यही साताभित्र बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बाँडफाँट प्रक्रिया साता मध्यतिर सम्पन्न गर्ने गरी तयारी भइरहेको छ।
कम्पनीको आईपीओमा आवेदन दिने मध्ये २ लाख ४२ हजार ३१८ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। तीमध्ये ५ जनाले भने थप १ कित्ता सेयर सहित ११ कित्ता पाउने छन्। दरमखोला हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३९ लाख ५० हजार कित्ता सेयर निष्कासनको स्वीकृति पाएको थियो। उक्त संख्यामध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री गरिसकिएको छ।
बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि, र ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेका २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि