
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आफ्ना सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को वार्षिक नवीकरण शुल्क आगामी असोज मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गर्दै निर्देशन गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम सूचीकृत कम्पनी, डिबेन्चर तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा नवीकरण शुल्क जम्मा गर्नुपर्नेछ।
नेप्सेले चुक्ता पूँजीका आधारमा नवीकरण शुल्क निर्धारण गरेको छ, जसअनुसार साधारण शेयरतर्फ रु. ५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीहरूले रु. ५०,००० र रु. ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूले रु. १,००,००० वार्षिक शुल्क बुझाउनुपर्नेछ। त्यसैगरी डिबेन्चर तथा म्युचुअल फण्डतर्फ रु. ५० करोडसम्म कोष वा चुक्ता पूँजी भएकाका लागि रु. २५,००० र रु. ५० करोडभन्दा बढी भएकाका लागि रु. ५०,००० नवीकरण शुल्क तोकिएको छ।
सम्बन्धित कम्पनीहरूले ग्लोबल आईएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्सेको ‘Nepse Operating Account’ (खाता नं. ०७५०१०१००००७७५) मा सो रकम जम्मा गरी बैंक भौचर सूचीकरण शाखाको इमेल (listing@nepalstock.com) मा पठाउनुपर्नेछ। तोकिएको असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले अतिरिक्त जरिवाना लाग्नेछ भने विनियमावलीको विनियम १६ अनुसार धितोपत्र सूचीकरण नै स्थगन (सस्पेन्ड) गर्न सकिने चेतावनी नेप्सेले दिएको छ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
मेटाले एआई कोडिङ एजेन्ट ‘म्युज कोड’ सार्वजनिक गर्यो