हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबनर दिउँसो भएको खेलमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा  भईरहेको लिग अन्तर्गत त्रिपुरेह्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो म्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो । दोस्रो क्वाटर १९-१९ र चाैथो क्वाटर२०-२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउण्ड्सले १८-१७ ले आफ्नो पक्षमा पारेमो थियो । टाईम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको एमभिपी बने । टाईम्सको यो पहिलो जित हो । टाईम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजितभएको थियो ।

यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१-६७ ले पराजित गरेको थियो । आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार