काठमाडौं । आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गएराति आरसिबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।
हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाउँदै पूरा गर्यो । आरसिबीका लागि विराट कोहलीले ६९ रनको अविजित पारी खेले । त्यस्तै देवदत्त पदिकलले ६१ रन बनाउँदै टोलीलाई जित नजिक पुर्याए । त्यस्तै कप्तान रजत पाटिदारले पनि टोलिका लागि ३१ रनको पारी खेले । हैदराबादका लागि डेभिड पायनेले २ विकेट लिए भने जयदेव उनाकट र हर्ष दुबेले समान एक एक विकेट लिए ।
यस अघि टस हरेर पहिले ब्याट्रिङ गरेको हैदराबादे निर्धारीत ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । उसका लागि पप्तान इशान किशनले ८० रन बनाए । अंकित बर्माले ४३ रन बनाए भने हेनरिक क्लासेनले ३१ रनको पारी खेले ।
आरसिबीका नयाँ खेलाडी ज्याकब डफीले आफ्नो आइपिएल डेब्यूमा शानदार प्रदर्शन गरे । उनले ४ ओभरमा २२ रन खर्च गर्दै ३ विकेट लिए । त्यस्तै रोमारियो शेफर्डले टोलिका लागि ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयश शर्माले समान एक एक विकेट लिए ।