४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज यूनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर  र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, यूनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर  सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार ०८९.७८ कित्ता सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ४ प्रतिशत बोनस सेयर दिएको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको  ५ हजार ६४ हजार ९ सय कित्ता सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ५  प्रतिशत बोनस सेयर दिएको हो । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २० लाख ४१ हजार ४५९.२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्ष को नाफा बाट ४  प्रतिशत बोनस सेयर दिएको हो ।  उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार