काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज चैत २२ गतेदेखि साविक सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ सेयर बराबर १ नयाँ सेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यसमा माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम साविक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरमा आज चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।