
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तिय विवरण अनुसार नाफा ५ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको मुनाफा ५.६३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीले २१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको नाफा २० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ५.७८ प्रतिशतले वृद्धि भएर ५० करोड रुपैयाँ पुगकोे छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको कमिशन शुल्क गत बर्षको तुलनामा २.१७ प्रतिशतले घटेको छ । कम्पनीको चुक्ता पुँजी गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष १ अर्ब ४४ करोठ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको यस अवधिसम्म्मा यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको, महाविपत्ति कोषमा ११ करोड १८ लाख रुपैयषँ रहेको छ भने बीमा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०९.५५ रुपैयाँ रहेको छ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय