
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ४ जना संस्थापकको नाममा रहेको १६ हजार १२६ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो ।
उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । उक्त संस्थापक सेयरहरु खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा लिखित जानकारी गराउनु पर्नेछ ।
तोकिएको समयावधि भित्र बिद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बमोजिम आम नागरिकले खरिद गर्न पाउने गरि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३ हजार ९४२ कित्ता, कृष्ण काजी केसीको नाममा रहेको ३ हजार ३ कित्ता, मनोज कुमार थापाको नाममा रहेको ४ हजार २०५ कित्ता र साबित्री शर्भा भट्टको नाममा रहेको ४ हजार ९७६ कित्ता सेयर बिक्रीमा राखिएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै