
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटिमण्डपमा श्रावण २६ देखी ३१ सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने भएको छ । चार पांग्रे र २ पांग्रे सवारी गरी ५६ ओटा ब्रान्डको प्रदर्शनी रहने छ । भने ४० भन्दा बढी ब्राण्डले आफ्नो नयाँ ब्राण्ड प्रदर्शन गर्ने नाइमाका निर्देशक सन्दीप शारडाले जानकारी दिए ।
एक्स्पोमा बीवाईडी, प्रोटोन, महिन्द्रा, लिपमोटर लगायत ४० ओटा ब्रान्डले आफ्नो नयाँ गाडी सार्वजनिक गर्दैछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्स्पोमा आफ्नो नयाँ मोडेलहरू प्रदर्शन गर्ने तयारी गरेका छन् ।
एक्स्पोलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास तथा सुरक्षा र आपतकालीन सेवाको व्यवस्था मिलाइएको आयोजकले बताएको छ । एक्स्पो अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, पार्किङको समस्या समाधान गर्न नाइमाले पठाओसँग सहकार्य गरिएको छ, जसअन्तर्गत भृकुटीमण्डप जाने पठाओ राइडमा छुटको व्यवस्था गरिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा ग्लोबल आईएमई बैंकले को-स्पोन्सरका रूपमा र रेड बुलले पावर्ड बाई स्पोन्सरका रुपमा बेभरेज पार्टनरका रूपमा सहयोग गरेका छन्। यसैगरी, एक्सपोमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल (BOSCH Nepal) प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स प्रा.लि. र अग्नि इनर्जी प्रा.लि. चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रा.लि. हाइड्रेसन पार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रा.लि. (Hikvision) सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा आबद्ध छन्।
यस वर्षको एक्सपोकोमा नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको Auditorium Hall मा लर्निङ सेसनहरु आयोजना हुनेछन्। सेसनहरुमा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकले बताएको छ । यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली
व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी लगायतका बिषयमा छलफल हुनेछ।
नाइमालाे आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर नाइमाले तयारीको बिषयमा जानकारी दिएको हो । कार्यक्रममा सञ्चारकर्मीले उठाएका बिषय र प्रश्नको सहित तयारी र बिबिध बिषयमा राखेको जिज्ञासा अध्यक्ष रितुसिंह बैध र निर्देशक सन्दीप शारणाले दिएका थिए । सो कार्यक्रमा नाइमाको बिगत १ बर्षको गतिबिधि समेटिएको दृष्यचित्र प्रस्तुत गरिएको थियो ।










समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न