
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’ लागू गरेको गाउँपालिकाले पालिकाभित्रका ३६ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालय छनोट गरी पुरस्कार प्रदान गर्न लागेको हो ।
उक्त कार्यक्रमअन्तर्गत सिंहदेवी आधारभूत विद्यालय, मेरिङ्देन–२, सान्थाक्रा प्रथम भएको छ । यस्तै, चण्डीडाँडा आधारभूत विद्यालय, मेरिङ्देन–४, लिङ्तेप द्वितीय र पृथ्वी माध्यमिक विद्यालय, खाम्लुङ तृतीय भएको छ । छनोट भएका विद्यालयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार बराबरको पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । उक्त पुरस्कार रकम सम्बन्धित विद्यालयको खातामा कर कट्टी गरी पठाइनेछ ।
विद्यालय परिसरलाई आकर्षक, स्वच्छ र हरियाली बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष यूक हा विर हाँगाम् (डम्बर) ले जानकारी दिए । गाउँपालिकाले गठन गरेको मूल्याङ्कन समितिले कार्यविधिमा उल्लेख गरिएका सूचकाङ्कका आधारमा विद्यालयको अनुगमन तथा मूल्याङ्कन गरी अङ्क प्रदान गरेको थियो । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना