
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ७७ रनले हराएको छ । हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थानले १६ ओभर ३ बलमा १५२ रन बनाएर अलआउट भयो । गुजरातको जीतमा कप्तान शुभमन गिलको ८४ रन तथा राशिद खान र जोशन होल्डरको उत्कृष्ट बलिङ महत्त्वपूर्ण रह्यो ।
राशिदले ४ र होल्डरले ३ विकेट लिए । जीतसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स पाँचौँ स्थानमा छ । गुजरातको ११ खेलमा १४ अङ्क र राजस्थानको समान खेलमा १२ अङ्क छ ।
आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्टस् तथा बेलुकी पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) र मुम्बई इन्डियन्सले खेल्दैछन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट