
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिमसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ३९० प्रतिशतको सुधार देखिएको हो ।
विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा सानीगाड हाइड्रोले २६ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८९.९४४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीकले ४२ लाख ४४ हजार रुपैयाँ नाफाको कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको आम्दानीको मुख्य स्रोत अर्थात् विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि वृद्धि देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ७ करोड ९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर १ अर्ब ११ करोड ५ लाख रुपैयाँ पुगेको छ जुन करिब ३.७० प्रतिशतको वृद्धि हो ।
नाफा बढ्नुमा आम्दानीको वृद्धि मात्र नभई वित्तीय खर्चमा आएको उल्लेख्य गिरावटले पनि ठूलो भूमिका खेलेको देखिन्छ । कम्पनीको वित्तीय खर्च अघिल्लो वर्ष ५७ करोड ५१ लाख रुपैयाँ रहेकोमा यस वर्ष करिब २९.६२ प्रतिशतले घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष जम्मा २.७२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष बढेर ९.३३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ९ करोड १२ लाख रुपैयाँ मात्र रहेको जगेडा कोष २६८.६९ प्रतिशतले बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।












समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै