
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने बताए । विशेष गरी १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उनले यसको समाधानका लागि खुला संवाद, रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राखे । आफू युवा मन्त्री रहँदा पनि युवा केन्द्रित कार्यक्रमका जोड दिएको उनको भनाइ छ ।
फेसबुक प्रतिक्रिया












समाचार
पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार
वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए
बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
भारतको स्वतन्त्रता दिवसमा बालेनको मोदीलाई शुभकामना, भने– सम्बन्ध अझ बलियो बनोस्
‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’
खाजा खान रोकिएको बस आफैँ गुड्यो, नुवाकोटमा दुई तीर्थयात्रीको मृत्यु
पोस्टपेड सिम नामसारीको विवरण अब अनलाइनबाटै भर्न सकिने
हिमालयन एभरेस्ट इन्स्योरेन्सको बीमा प्रिमियम संकलन ४ अर्ब ८४ करोडले नाघ्यो
मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख