
कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा ८ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ । “हामी अहिले खोजी र उद्धारमा छौँ । समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ”, प्रहरी नायब उपरीक्षक पासवानले भने ।
घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालयय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन् । यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट ९ जनाको खोताखोर सहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।












समाचार
स्वास्थ्य बीमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै
इम्मोबिलेले लिए फुटबलबाट सन्न्यास, १७ वर्षको खेल जिवन अन्त्य
संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार
वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए
बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
भारतको स्वतन्त्रता दिवसमा बालेनको मोदीलाई शुभकामना, भने– सम्बन्ध अझ बलियो बनोस्
‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’
खाजा खान रोकिएको बस आफैँ गुड्यो, नुवाकोटमा दुई तीर्थयात्रीको मृत्यु
पोस्टपेड सिम नामसारीको विवरण अब अनलाइनबाटै भर्न सकिने