
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन ।
निर्माणको बुधबार शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाले प्रवाह गर्ने सेवा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरे पनि आफ्नै भवन नहुँदा भोग्दै आएको समस्या अब समाधान हुने बताए । गाउँपालिकाको कार्यालय हाल विद्यालयको भवनमा सञ्चालन भइरहेको छ । आफ्नै भवन निर्माण सम्पन्न भएपछि सहज र प्रभावकारी सेवा प्रवाह गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए ।
विसं २०७३ फागुन २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रकाशित राजपत्रमा गाउँपालिकाको केन्द्र साबिकको सूर्यमती गाविस भलादमी डाँडामा कायम गरिएको थियो । उक्त स्थानमा भवन निर्माणका लागि जग्गा अभाव र बाढीपहिरोको जोखिम देखिएपछि केन्द्र सिमलचौर कायम गरिएको थियो । सिमलचौरमा पनि बाढीपहिरोको जोखिम बढेपछि कार्यालय पुनः भलादमी डाँडाबाटै सञ्चालन हुँदै आएको छ ।
उपाध्यक्ष शुभद्रा अधिकारीका अनुसार केन्द्र परिवर्तन र उपयुक्त जग्गा प्राप्तिको विषयमा लामो समयदेखि देखिएको विवाद समाधान भएपछि भवन निर्माणका लागि मार्ग प्रशस्त भएको हो ।
पछिल्लो पटक गाउँपालिकाले वडा नं ४ गड्खारमा केन्द्र कायम गरी भवन निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गर्दै रु ११ करोड ३२ लाख बजेट विनियोजन गरेको छ । नयाँ बन्ने भवन बहुविपद् प्रतिरोधी प्रविधिमा आधारित हुने गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार भवन बालमैत्री, अपाङ्गतामैत्री तथा महिलामैत्री हुने गरी निर्माणको जिम्मेवारी दिइएको छ । भवनमा आवश्यक कार्यालय कक्ष, सभाहल, विषयगत शाखाका कार्यालय, न्यायिक समितिको इजलास, स्तनपान कक्ष, ज्येष्ठ नागरिक विश्राम कक्ष र बालमैत्री उद्यानलगायत संरचना निर्माण हुनेछ । भवन निर्माणको काम १८ महिनाभित्र सम्पन्न गर्ने गरी सूर्यकिरण निर्माण सेवालाई रु सात करोड ९७ लाखमा जिम्मा दिइएको छ ।
पाँच वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालय यसअघि नै सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा आइसकेका छन् । कुल १२ स्थानीय तह रहेको नुवाकोटमा आफ्नै प्रशासनिक भवन नभएको लिखु गाउँपालिका मात्रै हो ।












समाचार
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा
नौवटा संसदीय समितिको बैठक बस्दै
इरानमाथि अहिलेसम्मकै कठोर कारबाही गर्ने ट्रम्पको चेतावनी