
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को अन्तिम महिना असारमा मुलुकको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत मात्रै थियो। मुद्रास्फीति सरकारको लक्ष्यभन्दा माथि पुगेकाे हाे । सरकारले गत आर्थिक वर्षमा ५ प्रतिशत मुद्रास्फीति रहेने लक्ष्य राखेकाे थियाे ।
यद्यपि, समग्रमा आर्थिक वर्ष २०८२–८३ को वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत थियो। यस आधारमा वार्षिक औसत मुद्रास्फीतिमा सुधार देखिएको छ।
असारमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो समूहको मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक थियो। आर्थिक वर्ष २०८२–८३ मा भने खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति १.०४ प्रतिशत रहेको छ।
खाद्य समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १०.०५ प्रतिशत, फलफूलको ७.०९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको मूल्य ३.२८ प्रतिशतले बढेको छ। यसको विपरीत तरकारीको मूल्य सूचकाङ्क ३.९५ प्रतिशत, मरमसलाको ३.६६ प्रतिशत र दाल तथा गेडागुडीको ३.४१ प्रतिशतले घटेको छ। गैर–खाद्य तथा सेवा समूहको असारमा बिन्दुगत मुद्रास्फीति ५.०८ प्रतिशत रहेको छ। यस समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १७.६१ प्रतिशत, शिक्षाको ७.०४ प्रतिशत, यातायातको ५.८० प्रतिशत र कपडा तथा जुत्ताचप्पलको मूल्य ५.५६ प्रतिशतले बढेको छ।
क्षेत्रगत रूपमा असारमा मधेश प्रदेशमा मुद्रास्फीति सबैभन्दा बढी ५.९४ प्रतिशत रहेको छ भने सुदूरपश्चिममा सबैभन्दा कम ४.२७ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा ४.८० प्रतिशत, तराईमा ५.६३ प्रतिशत, पहाडमा ४.९७ प्रतिशत र हिमालमा ४.०४ प्रतिशत मुद्रास्फीति रहेको छ। यसैगरी, असारमा तलब तथा ज्यालादर सूचकाङ्क ६.७० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो वृद्धिदर २.६३ प्रतिशत थियो। वार्षिक औसतमा भने तलब तथा ज्यालादर सूचकाङ्क ५.७९ प्रतिशतले बढेको छ।
यता, आर्थिक वर्ष २०८२–८३ मा वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो ३.८४ प्रतिशत थियो। असारमा भने थोक मुद्रास्फीति ६.६७ प्रतिशत पुगेको छ। नेपालको असारको ५.१४ प्रतिशत बिन्दुगत उपभोक्ता मुद्रास्फीति भारतको जुलाई २०२६ को ४.४५ प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै