
काठमाडौं । पछिल्लो समय बैदेशिक रोजगारीसंग सम्बन्धित जाली तथा झुटा घट्नाहरु ह्वात्तै बढ्न थालेका छन् । सोही मारमा पर्ने गरेका छन् आम सर्व साधारण र सामान्य भूँई मान्छेहरु ।
नक्कली एजेन्ट बनेर मोटो रकमको पैसा अशुल्ने तथा सोझा साझा नागरिकको खुन, पसिना नभनि कमाएको रकम सिधैं ठग तथा गिरोहको हातमा पर्न थालेको छ ।
यस्तो विषयमा सरकार बेखर नै छ भन्न सकिने अवस्था छैन । तर, बैदेशिक रोजगारीसँग सम्बन्धित कतिपय कानुनहरु आज भोलि नै सुधार गर्न नसके त्यस्ते निम्त्याउने घटनाहरु निकै दर्दनाक छन् । आम नागरिकहरुको पेटमा छुरा हानेर भाग्ने ठगहरुलाई एक दिन सकारले कडाईको डण्डा चलाउन जरुरी छ । बहुमतको सरकार बनेको केही समय भएको बेलामा नागरिकहरुले ठूलो आशा र भरोसा समेत सरकारलाई सुम्पिएका छन् । कुरा, सरकारले काम गर्छ-गर्दैन भन्दा पनि वास्तविक ठगहरु स्वदेश वा विदेश जहाँ भए पनि उनीहरुलाई नियन्त्रण गर्ने कडा कानुन सरकारले ल्याउँन जरुरी देखिएको छ ।
व्यक्तीलाई रकम बुझाएपछि ठगिनेको संख्या बढ्दै
मुख्यतय बैदेशिक रोजगार सम्बन्धि सरकारी निकायबाट चलाउनु पर्ने जनचेतनामा ठूलो खाडल देखिएको छ । यसको मतलब जो कोही ठगीनुको मतलब उनीहरुलाई सो क्षेत्रको चेतना निकै कम हो भन्ने पनि मान्न सकिन्छ । विभिन्न व्यक्तीहरुसँग पैसा उठाउने र सोझा साझा नागरिका २-५ लाख, १० लाख गर्दै करौडौ बनाएपछि सम्पर्कमा नआउने व्यक्तीहरुलाई सकारकाले यथाशिघ्र एयर प्रवेशमा रोक लगाउनु पर्ने देखिएको छ ।
त्यस्तै, उनीहरुलाई स्वदेश वा विदेश जहाँ भए पनि उनीहरुको परिचय खुल्ने गरी सामाजिक संजाल र मिडीयामा ल्याउँन जरुरी छ । ताकी, भोली यस्तो घट्ना कतै पनि नदोहोरीयोस् ।
विगतमा लामो राजनीतिक खिचातानीबाट आजित भएका अधिकांश नागरिकहरु यसपालि एउटै पार्टीको झण्डा मुनि उभिएका छन् । यस्तो बेलामा अब बैदेशीक रोजगारीमा ठगी गर्नेलाई सरकारले फास्ट ट्रयाकमा कारबाही अघि नबढाए यसले झन विकराल रुप लिने पक्का छ ।
यसमा बीमा दर्पण डटकम त्यसरी गरिने काराबाहीमा जरैसम्म पुगेर घटनाको गहिराई र वास्तविकता पत्ता लगाउन समेत सरकारी संयन्त्र फेल नहोस् भन्ने सुझाव प्रवाह गर्न चाहन्छ।
अब एजेन्टको जालोले निर्दोशलाई नबाधोस सरकार :
अधिकांश अवस्थामा एक जना व्यक्तीलाई धेरै जनाको पैसा उठाउन लगाई मुख्य गिरोहको नाइकेहरु भाग्ने गरेको समेत फेला परेको छ । त्यस्तो अवस्थामा निजको बैंक खाता रोक्का गर्ने, एयरपोर्ट प्रवेशमा तराईका नाकामा चेक जाँच गरेकै हिसाबमा काम गर्न जरुरी देखिएको छ । यसो भन्दै गर्दै एकजना निर्दोष माथि पनि निमर्म बन्ने छुट कसैलाई छैन ।
आशा छ सबैको सहकार्यबाट यस्ता ठगी र गिरोहको घटनालाई नयाँ सरकारको बलामा नै निमिट्यान्न पारेको हेर्न पाइयोस् ।
सरकारलाई वैदैशीक रोजगारीको ठगी र गिरोह नियन्त्रण गर्न बीमा दर्पण डटकम पूर्ण शुभेच्छा र सर्मथन समेत जनाउँन चाहान्छ ।
अब एक जना नागरिकले पनि अनाहकमा बैदेशिक रोजगारीको नाममा नचाहिदो सास्ती, आर्थिक ठगी भोग्न नपरोस् ।











समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ३ अर्ब २० करोड घाटा
खाद्य कम्पनीले दसैँमा खसी-बोका र च्याङ्ग्रा नबेच्ने, ४४ जिल्लामा वर्षैभरि सहुलियत पसल चलाउने
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
कुलमान घिसिङले लोडसेडिङको चिन्ता गर्दै भने-लोडसेडिङ नहुन आजैदेखि आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ
सेयर बजार र लगानी उपकरणका लागि कानुन सक्षम छ : निमित्त सीईओ सुवेदी
पाइलटबीच कुटाकुट भएपछि फ्लाईदुबई साउदी अरब डाइभर्ट, विमान अपरहण नभएको दाबी
डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता तातोपानी नाका पुनः सञ्चालनका लागि चीनसंग आग्रह
सेयर बजारमा ४ अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि