
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क परिवर्तन नगरी नयाँ ठेक्का आह्वान गरिएको छ। प्राधिकरणले दुईपांग्रे सवारी साधनका लागि प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने व्यवस्था कायम राख्दै ठेक्का खुला गरेको हो।
विमानस्थल पार्किङको ठेक्का गत भदौमा सकिएको थियो। नयाँ ठेक्का नलागेसम्म प्राधिकरणले पुरानै ठेकेदार सिद्धगढी मारुती जेभी प्रालिलाई निरन्तरता दिँदै आएको थियो। अब भने प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरी बढी रकम कबोल गर्ने कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ।
नयाँ ठेक्का त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल अगाडि र अपरेसन एयरलाइन्स भवन अगाडिको ७ हजार ७ सय ५५ वर्गमिटर क्षेत्रमा लागू हुनेछ। प्राधिकरणले हिजो आइतबार ठेक्का खुला गरेको हो, जसका लागि इच्छुक कम्पनीहरूले ३० दिनभित्र आवेदन दिन सक्नेछन्।
प्राधिकरणले न्यूनतम ठेक्का रकम १२ करोड ९८ लाख रुपैयाँ तोकिएको छ। उक्त रकमभन्दा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
विमानस्थल पार्किङ शुल्क नयाँ ठेक्का लगाइएपछि हाल कायम रहेको पार्किङ शुल्क यथावत् रहनेछ। दुईपांग्रे सवारी (मोटरसाइकलरस्कुटर), प्रतिघण्टाः ४० रुपैयाँ, प्रतिदिनः २४० रुपैयाँ, कार, जीप, भ्यान,प्रति घण्टाः ८० रुपैयाँ, प्रतिदिनः ४८० रुपैयाँ, हल्का सवारी साधन, प्रतिघण्टाः १०० रुपैयाँ, प्रतिदिनः ६८० रुपैयाँ, बसरट्रक, प्रतिघण्टाः १५० रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले नयाँ ठेकेदार छनोटका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए।
साथै, प्राधिकरणको आम्दानी बढाउन विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गरी शुल्क वृद्धिको निर्णय गरिएको उनले बताए। हालको शुल्क दर २०७९ मंसिरदेखि कार्यान्वयनमा आएको हो। विमानस्थलमा पार्किङ शुल्कको नयाँ ठेक्काबाट यात्रुहरूलाई थप सुविधा दिन सकिने प्राधिकरणको दाबी छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना