
काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थिति लाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार असोज १५ गते देखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको हो ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ । असोज १५ गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर २० रुपैयाँ ४४ पैसा र डिजेलमा प्रति लिटर २० रुपैयाँ २१ पैसा बढेर आएको थियो । सञ्चालक समितिको निर्णयपछि अब पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम रहनेछ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल पर्छन्।
यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर २४९ रुपैयाँ र काठमाडौँतर्फ अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ । १४.२ किलोग्रामको एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर वृद्धि भइरहँदा पनि खुद्रा बिक्री मूल्य समायोजन नगरिँदा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।











समाचार
खाद्य कम्पनीले दसैँमा खसी-बोका र च्याङ्ग्रा नबेच्ने, ४४ जिल्लामा वर्षैभरि सहुलियत पसल चलाउने
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
कुलमान घिसिङले लोडसेडिङको चिन्ता गर्दै भने-लोडसेडिङ नहुन आजैदेखि आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ
सेयर बजार र लगानी उपकरणका लागि कानुन सक्षम छ : निमित्त सीईओ सुवेदी
पाइलटबीच कुटाकुट भएपछि फ्लाईदुबई साउदी अरब डाइभर्ट, विमान अपरहण नभएको दाबी
बैदेशिक रोजगारीमा ठगीको जगजगी, वास्तविक ठग पत्ता लगाउन सरोकारवालालाई सकस
डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता तातोपानी नाका पुनः सञ्चालनका लागि चीनसंग आग्रह
सेयर बजारमा ४ अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि