जनरुचि

    थामे बाढी : हिमताल बिस्फोटको आशंका, अझै एकिन भएन पर्यटन

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढी आउनुको मुख्य कारण कुनै हिमताल बिस्फोट भएको हुन सक्ने आशंका गरिए पनि यकिन हुन बाँकी छ । जल तथा मौसम विज्ञान विभागले गरेको प्रारम्भिक अध्ययन अनुसार थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी छवटा हिमताल, हिमपोखरी रहेको देखिन्छ ।

    निरन्तर वर्षा र तापक्रम वृद्धिले त्यस क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालमध्ये कुनै हिमताल बिष्फोट भएको हुन सक्ने विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले दुधकोशी किनारका बासिन्दालाई सतर्कता अपनाउन करिब डेढ लाख मोबाइलमा एसएमएस पठाएको छ । बाढीका कारण दूधकोशीमा जलसतह बढे पनि पछि घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नहुने देखिए पनि दूधकोशीको तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    ट्रेन्डिङ खबर

      ताजा अपडेट

      सम्बन्धित समाचार