
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको करिब ५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो । यसअनुसार कम्पनीले इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ । आवेदन दिंदा फिट एन्ड प्रपर टेस्ट सम्बन्धी आवश्यक प्रमाणहरू समेत संलग्न गर्नु पर्नेछ ।
इच्छुक सेयरधनीहरूले काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । सेयरको बिक्री मूल्य भने विक्रेताले तोकेअनुसार रहने कम्पनीले जनाएको छ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ ।














समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम