
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार २० वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजे शुरू हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश र कर तिर्न ०.३६८४ नगद लाभांश पारित गर्नेछ ।
साथै सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गते एक दिनका लागि कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि