
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्सँग नयाँ दिल्लीमा शिष्टाचार भेट ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण खासमा स्वास्थ्य उपचारका लागि तय भएको थियो । तर यसलाई औपचारिक भ्रमणमा परिवर्तन गर्दै त्यही हैसियतमा उनी भारत गइन् । भारतमा उनले समकक्षी भारतीय विदेशमन्त्रीसम्मलाई भेट्ने अपेक्षा गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न सक्ने भनिएपनि उनलाई मोदीले भेट गर्छन् भन्ने धेरैलाई विश्वास लागेको थिएन । तर नेपालमा धेरैलाई अप्रत्याशित लाग्नेगरी परराष्ट्रमन्त्री राणाले भारतमा सम्मान पाइन् । उनलाई मोदीले प्रधानमन्त्री सरहकै महत्व दिदै भेट गरे । मोदीसँग राणाको शिष्टाचार भेट भएपनि त्यहाँ उपस्थिति हेर्दा यो भेट शिष्टाचारमा मात्रै सीमित थिएन । मोदीले राणासँगको भेटमा राष्ट्रिय सुरक्षा सल्लाकारदेखि विदेशमन्त्री र नेपालका लागि भारतीय राजदुतसम्मलाई राखे ।
भारतीय प्रधानमन्त्री मोदीले महत्व दिएर प्रधानमन्त्री सरहकै भेटजस्तो तयारी गरेपनि नेपाल भने यो मामिलामा चुकेको छ । मोदीसँगको भेटमा परराष्ट्रमन्त्री राणासँग दुई सहसचिव र एकजना उपसचिवस्तरका अधिकारी मात्रै सहभागि हुनुले नेपालले यो भेटलाई सामान्यरुपमा लिएको र भेट कुन तहको सम्म हुन सक्छ भन्ने आंकलन गर्न नसकेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परराष्ट्रमन्त्री राणको भ्रमणले यति उच्च महत्व पाउछ भन्ने सोचेका थिएनन् । औपचारिक भ्रमण भएपनि भारतीय विदेशमन्त्रीसम्म भेट हुने र बाँकी स्वास्थ्य उपचारमै सीमित हुने अनुमान प्रधानमन्त्री ओलीले गरेका थिए । त्यसैले ओलीले मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री राणाले मागेको ६ जनाको प्रतिनिधिमण्डलमध्ये ३ जनाको नाम काटेका थिए ।
उदाउदो शक्तिको रुपमा रहेको भारत पछिल्लो समय छिमेकमा भने चुक्दै गइरहेको छ । दक्षिण एसियाको नेता जस्तो हैसियतमा रहेको भारतसँग सबैभन्दा धेरै असन्तुष्ट राष्ट्रहरु दक्षिण एसियामै छन् । पाकिस्तानसँग भारतको कटुतापूर्ण सम्बन्ध छ । दुवै देशबीच दुई पटक युद्ध समेत भइसकेको छ भने सीमामा हुने छिटपुट घटनाहरु अनगिन्ती छन् । दक्षिण एसियाका प्राय सबै देशमा कुनै न कुनै माध्यमबाट भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर चित्त दुखाएको छ । श्रीलंका, माल्दिभ्स, बंगलादेशदेखि नेपालसम्म भारतको भूमिकाबाट असन्तुष्ट छन् । श्रीलंका, म्यानमार, बंगलादेश र माल्दिभ्समा भारत प्रतिकुल सरकार छन् । आफ्ना छिमेकी देशहरुमध्ये भारतले नेपाललाई सबैभन्दा बढि अप्ठ्यारोमा पार्दै आएको छ । पछिल्लो पटक २०७२ सालको भूकम्पबाट आहत बनेको नेपाललाई भारतले उसको कुरा नमानेको निहुँमा अघोषित नाकाबन्दी लगायो । त्यसबाहेक नेपालका हरेक गतिविधिहरुमा भारतले माइक्रो म्यानेजमेन्ट गर्दै आइरहेको छ । यहाँ सत्तामा को टिक्ने र कसको पद कतिबेला खुस्कने भारतमा हातमा हुन्छ भन्ने आरोप वर्षौदेखि लाग्दै आएको छ । यी र यस्ता भारतीय हस्तक्षेपहरुका कारणपनि नेपालमा लामो समयदेखि आम नागरिकतहमा चरम भारतविरोधी सेन्टिमेन्ट छ । भारतको यस्तो रवैयाको पछिल्लो समय छिमेकी देशहरुमा मात्रै नभई भारतभित्रै पनि आलोचना हुन थालेको छ । छिमेकी देशहरुको आन्तरिक मामिलामा भारतले अनावश्यक हस्तक्षेप गर्ने गरेको भन्दै भारतीय प्रधानमन्त्री मोदी आलोचित हुँदै आएका छन् । पछिल्लो पटक बंगलादेशको राजनीतिक उतारचढावले पनि भारतमा मोदीको चर्को आलोचना भयो । कमजोर छिमेकी कुटनीतिका कारण देशभित्रै आलोचित बन्दै गइरहेका मोदीले नेपालसँग सम्बन्ध सुधार्न खोजेको जस्तो सन्देश दिनकै लागि पनि परराष्ट्रमन्त्री राणालाई त्यो तहको सम्मान दिएका हुन् । तर भारतले मिचेको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भूभाग फिर्ता नगराएसम्म र नेपाल भारत प्रबुद्ध समूह इपीजीले तयार पारेको प्रतिवेदनमा छलफल नगरेसम्म यस्ता सम्मानहरुले कुनै अर्थ राख्दैनन् ।
परराष्ट्रमन्त्रीको भारत भ्रमणबाट सबैभन्दा बढि उत्साहित कोही छन् भने ती कांग्रेस सभापति देउवा र राणा नै हुन् । आरजुलाई पार्टीभित्र स्थापित गर्ने तयारीमा रहेका देउवाले उनलाई भारत भ्रमण गराएर सम्बन्ध थप मजबुत पार्न सफल भएका छन् । त्यसबाहेक आरजु आफैले पनि आफुलाई भारत निकट रहेका सन्देश दिन सफल भएकी छन् । आन्तरिक राजनीतिमा गरिने विभिन्न अनुमान र आशंकहरुलाई मान्ने हो भने देउवा आरजुलाई प्रतिनिधिसभाको यही कार्यकालमा प्रधानमन्त्री बनाउन चाहन्छन् । यसैका लागि उनले एमालेसँग गठबन्धन गरेको र त्यही अनुसार एमालेलाई नचिढ्याउने गरी काम गरिरहेको बताइन्छ । देउवा र ओलीबीच भएको सहमति अनुसार ओलीको प्रधानमन्त्री कार्यकाल सकिएपछि देउवाले आफ्नो साटो आरजुलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने सम्भावना अधिक रहेको कांग्रेसभित्रै पनि चर्चा चल्ने गर्छ । यस्तो अवस्थामा नेपालको आन्तरिक राजनीतिमा ठाडै हस्तक्षेप र आफ्नो इन्ट्रेस्ट कार्यान्वयन गराउन सक्ने भारतसँग
यो भ्रमणबाट आरजुले कसिलो सम्बन्धलाई थप उचाई दिएको अड्कन हुन थालेको छ ।
सत्ताबाट बाहिरिएका माओवादी केन्द्रका प्रचण्ड अहिले धेरैजसो खुमलटारमै बसेर आगामी योजनाहरु बनाइरहेका छन् । पार्टीका विशेष कार्यक्रमहरु बाहेक आफ्नो भेटघाट वा छलफल खुमलटारमै गर्छन् । कांग्रेस र एमालेबीचको समिकरण भाँड्ने उपाय खोजिरहेका प्रचण्डले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको बारेमा पनि बोलेका छन् । पार्टीका बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भारतले आरजुलाई दिएको सम्मानबाट प्रधानमन्त्री ओली झस्किएको दाबी गरे । आरजुलाई भारतमा दिएको सम्मान ओलीलाई मन नपरेको पनि उनको टिप्पणी छ । तर प्रचण्डको यस्तो अभिव्यक्ति प्रति प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज