
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन्। संस्थापनइतर समूहले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएको हो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले निवर्तमान सभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने जानकारी दिए। कांग्रेस संस्थापनइतर समूहले साउन २९–३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। उपचारका लागि हङकङ गएका निवर्तमान सभापति देउवाको साउन २६ गते काठमाडौँ आउने तयारी छ।
देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धडपकड भए त्यसको विरोध गर्ने संस्थापनइतरले जनाएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक कोइरालाले स्वदेश फर्किँदा देउवामाथि धडपकड भए त्यसको विरोध हुने बताए। भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागीसहितको भावी कार्यदिशा तय गर्ने उनले बताए।
भेलामार्फत राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने उनले बताए। कोइरालाले कांग्रेस केन्द्रीय समितिको आधिकारिकता सम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति प्रदान भएकाले सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको धारणा राखे।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो