
यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता ३००० दशमलव ८१ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको कारोबार बन्द हुँदा ०.८८ प्रतिशत अर्थात २६ दशमलव ३५ अंक घटेर २९७४ दशमलव ४६ विन्दुमा बन्द भएको हो ।
५ कारोबार दिनमध्ये ३ दिन मात्रै कारोबार भएको सेयर बजारमा यो साता दुई कारोबार दिन सेयर बजार बढेको थियो भने एक दिन सेयर बजार घटेको थियो । दुई दिन सामान्य बढेको र घटेको दिन उच्च अंकले घट्दा सातामा समग्रमा बजार घटेर बन्द भएको हो । लामो समय पछि सेयर बजार साताभरमा नकारात्मक देखिएको हो । नयाँ सरकार बनेदेखि नै सेयर बजार लगातार रुपमा बढीरहेको थियो ।
यो साता सेन्सेटिभ इण्डेक्स १.६५ अंक र फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक बढेको छ ।
यो साता नेप्से परिसूचकसँगै दैनिक औषत कारोबार रकम पनि कमी आएको छ । गत साता दैनिक २५ अर्ब ५९ करोड रुपैयाँको औषत कारोबार भएको बजारमा यो साता दैनिक औषतमा २२ अर्ब ३० करोडको सेयर खरिद बिक्री भएको छ । यो साता गत साताको तुलनामा दैनिक औषत कारोबार रकम १२.३८ प्रतिशत अर्थात ३ अर्ब २८ करोड घटेको हो ।
त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १७.३४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.०३ प्रतिशत घटेको छ । यो साता नेप्सेको कुल बजार पुँजीकरण ०.८८ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ४१ अर्ब घटेर ४७ खर्ब २४ अर्बमा सीमित भएको छ ।
यो साता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२९ प्रतिशत बढेको छ । गत साता ३८४८ दशमलव ७१ विन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक यो साता १२६ दशमलव ७८ अंक बढेर ३९७५ दशमलव ४९ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यो साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १६७ दशमलव ३२ अंक बढेको छ ।
यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशत घटेको छ । यो उपसमूहको परिसूचक यस साता २०६ दशमलव ०८ अंक घटेर ४०१० दशमलव ०३ विन्दुमा झरेको छ । अंकका आधारमा यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३२८ दशमलव ६३ अंक घटेको छ ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता