
कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई इसेवा मोबाईल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने सम्झौता भएको हो ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने