
काठमाडौं। लोयल्टी एकेडेमीको आयोजनामा १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ इस्टपोल, नेपाल मोडेल, काठमाडौं भ्याली र जगत मन्दिर तथा समूह ‘बी’ मन्जरी, फेरिल्यान्ड, लोयल्टी ‘ए’ र द राइजिङ स्टार रहेका छन् । ब्रम्हकुञ्ज, लिटिल एन्जल्स, स्वस्तिश्री र रिलायन्स समूह ‘सी’ तथा लोयल्टी ‘बी’, त्रिज्योति, आईआरए र जिनियस समूह ‘डि’ मा छन् ।
फागुन ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । गत संस्करणको उपाधि लिटिल एन्जल्सले जितेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह