
काठमाडौं–भियतनाम दुई चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको जानकारी गराएको हो ।
यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन । सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागिएको हो । नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि चार्टर उडान गरिएका थिए । यस वर्ष दशैं लगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न लागेको कम्पनीले जनाएको छ ।
आगामी दशैंको टिकालगत्तै ३० असोज अर्थात् १६ अक्टोबरदेखि ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको कम्पनीले जनाएको छ । नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने भएको छ ।
नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै