कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।
खोजीका क्रममा इरिकको शव उनीहरूको झोला भेटिएको स्थान मौजाखोलाभन्दा अन्दाजी एक किमी तल भुरुङ्दी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेलापरेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । महिलाको अवस्था भने झै पत्ता लाग्न नसकेको उनले बताए । सशस्त्र प्रहरीको खोताखोरसहितको टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा स्थानीयवासीले विहानदेखि नै खोजी गरेका थिए । गत भदौ ९ गते बिहान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को बिरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेका थिए ।
सोही दिन साँझ बाटोमा दुईवटा झोला बेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशङ्कामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार फेलापरेका झोला बिरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।
पदयात्रामार्गमा पर्ने भुरुङ्दी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक खोलामा खसेको अनुमानका आधारमा सोमबार झरनाको आसपास र नदी किनारमा खोजी गरे पनि फेला पर्न सकेको थिएन । खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुईवटा स्टिक (लौरी) भेटिएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बेपत्ता महिला खोजीलाई बुधबार पनि निरन्तरता दिइने बताए । पर्यटकको हराएको सूचना सम्बन्धित देशको राजदूतावासमा जानकारी गराइएको उनले बताए ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि