
धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।
‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने्, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’
बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।













समाचार
सेयर बजार घट्ने क्रम जारी, परिसूचक २७०० मा, कारोबार रकम ४ अर्ब माथि
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा