हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र

हेटौँडा । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सरकारले उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राखेपछि सम्बन्धित निकायहरूले स्थलगत निरीक्षण र आवश्यक तयारीलाई गति दिएका छन्।

२०५७ सालदेखि उत्पादन बन्द भएको उद्योगको अवस्था, संरचना र उपकरणबारे पछिल्ला दिनमा विभिन्न सरकारी टोलीले अध्ययन गरेका छन्। प्रारम्भिक मूल्यांकनअनुसार उद्योगमा रहेका अधिकांश उपकरण सामान्य मर्मतपछि सञ्चालनयोग्य अवस्थामा रहेको बताइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राख्दै सम्बन्धित पूर्वाधार र आपूर्ति शृंखलालाई समेत सक्रिय बनाउने तयारी गरेको छ।

लामो समय उपेक्षामा परेको उद्योग परिसर अहिले सुरक्षा निकायको निगरानीमा सुरक्षित रहेको छ। सरकारी चासो बढेसँगै उद्योग परिसरमा सरसफाइ तथा व्यवस्थापनका कामसमेत सुरु गरिएका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार