
सुनसरी। कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/ ८३ मा जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन् । आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेका हुन् ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन् । (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले पर्यटकमा ४४ जना महिला र १०३ जना पुरुषले आरक्षको अवलोकन गरेको आरक्षले जनाएकाे छ ।
अर्नाको राजधानी र चराको स्वर्ग मानिने सो आरक्षमा सबैभन्दा बढी पर्यटक मङ्सिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन् । यस महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनले जनाएको छ ।
साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० जना गरेर कूल नौ हजार २४२ जना पर्यटक आरक्षको भ्रमण गरेका छन् ।
विशेषतहः यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावर हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर र सजिलै सप्तकोसी नदीमा डलफीन हेर्न समेत पाइन्छ ।
विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटालगायतका पन्छी पाइन्छन् । साथै पछिल्लो समय गैँडाको समेत अवलोकन गर्ने गरेका छन् । आरक्षमा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट