
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वास्तविक सहकारी पीडितहरु ओझेलमा परेको बताएका छन् । बुधबार सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारीमा एउटै प्रकृतिका मानिसहरु छैनन् । कोहि बचत गरेर भोलीका दिनमा आफ्ना सन्तानहरुका लागि खर्च गर्छु भन्ने छन् । अर्कोतिर बढी ब्याज पाउने आशमा बैंकबाट पैसा निकालेर सहकारीमा राख्नेहरु पनि छन् । अहिले आन्दोलन गर्नेहरु पनि तिनै हुन् । वास्तविक सहकारी पीडितहरु ओझेलमा छन् ।’
तर, सहकारी पीडितहरुले आन्दोलनका क्रममा राखेका मागबारे मन्त्रालयले सम्बोधन गरेको समेत उनले दाबी गरे । समस्यामा परेका सहकारीहका लागि समाधान गर्ने काम समेत भइरहेको उनले जानकारी दिए । राम्रा नराम्रा सबै सहकारीहरुलाई एउटै बास्केटमा राखेर हेरिएको समेत उनले असन्तुष्ट जनाए । मन्त्री अधिकारीले भने, ‘सहकारीप्रति अहिले विभिन्न होहल्ला भइरहेको छ । यसबारे भ्रम फैलाउने काम भइरहेको छ । सहकारी भनेका सबै खराब हुन् की भन्ने सन्देश बाहिर गएको छ ।’
सहकारी भनेका सबै खराब हुन् भनेर प्रचार गरिएको छ । के सबै खराब हुन् त ? केहि सहकारी सञ्चालकहरुले बदनाम गरे भन्दैमा सबै खराब भन्न नमिल्ने समेत उनले आग्रह गरे । राम्रा र नराम्रा सबै सहकारीबारे बारेमा स्पष्टरुपमा बाहिर ल्याउनु पर्ने आजको आवश्यकता रहेको उनले बताए ।
समस्याग्रस्त सहकारीहरुमा प्रतिनिधि जानेबारे उनले असन्तुष्टी जनाउँदै उनले अगाडी भने, ‘३१ हजार सहकारी छन् । ती सबै सहकारीबाट प्रतिनिधि पठाएर सकिन्छ ? सहकारी महासंघको प्रतिनिधिहरुप्रति सहकारीकर्मीहरु नै किन सन्तुष्ट हुन नसकेका हुन् ?’ सहकारीमा समस्याहरु समाधान गर्नका लागि तत्कालै कुनै सम्भव नहुने समेत उनले इंकित गरे । ढिलै भएपनि सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता व्यक्त गरे । सबै सहकारीको नियमन केन्द्रले गर्ने व्यवस्थासहित नयाँ व्यवस्था गर्न लागेको समेत उनले जानकारी दिए ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय