काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन ९० अंकको गिरावट आएको बजारमा आज १२ दशमलव १० अंकले घटेको हो ।
बिहीबारको सेयर कारोबार बन्द हुँदा परिसूचक १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ विन्दुमा पुगेको छ । दिनभरको कारोबारमा आज १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको सेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा आज जम्मा साढे ९ अर्ब बढीको कारोबार भएको छ । बिहीबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३१६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर १ लाख १२ हजार ६९२ पटक खरिद बिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३५ अंकले घटेर ४८६ दशमलव ३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटाको घटेको छ । आज लघुवित्त समूहको उपसूचक र ट्रेड्रिङ उपसमूहको उपसूचक बढेको छ ।
सेयर बजार घटेको दिन आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने