
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अहिले पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ ।
दुलीप ट्रफीमा राम्रो प्रदर्शन गरेका ऋषभ पन्तले पनि यस टोलीमा स्थान बनाएका छन् । टिममा यश दयालले सरप्राइज इन्ट्री मारेका छन् । पन्त र जुरेल विकेटकिपर ब्याट्सम्यानको भूमिकामा देखिनेछन् । यो टेस्ट सिरिजले सन् २०२४–२५ का लागि भारतको अन्तर्राष्ट्रिय घरेलु सिजनको सुरुवात गर्नेछ । भारतले बंगलादेशसँग तीन टी–२० म्याच पनि खेल्नेछ र यसका लागि टोलीको छनोट पछि हुनेछ ।
भारतीय टोली
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्र अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज सिराज, आकाश दीप, जसप्रीत बुमराह, यश दयाल ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै